जती कस्छु उती फुक्छ,बेदनाको पोका मेरो |१|
कहाँ बाट चुइयो खुशी?ढुकुटी'नै रित्तो भयो
जती टाल्यो उती चुइने,ममताको डोका मेरो |२|
चोट हरु लुकाएर, हाँसेकै थिएँ अझै पनि
निभ्यो दियो अंध्यारो'भो,खुशी खेल्ने खोपा मेरो |३|
सम्हालेर राखे आँशु,एकान्तमा रुन भनी
छल्किएर पोखिएछ,आँशुको त्यो थोपा मेरो |४|
पाक्छ अनी खान्छु भन्थे,पाकेन खै अझै पनि
थापी रहे सोझो पार्दै,जिन्दगिको बोता मेरो |५|
बोता = दुना जस्तै सालको पात बाट सिन्कै सिन्काले बुनेको एक प्रकारको दुना
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment