Pages

Friday, April 22, 2011

गजल

टुलु टुलु हेरी रहें ,तिमी डोली चड्दै थियौ
मेरो खुशी रित्याएर,तिमी झोली भर्दै थियौ |१|


किन गर्यौ झुटो बाचा,सँगै मर्ने सँगै बाँच्ने
सागरमा  एक्लो छोडी,तिमी खोली तर्दै थियौ |२|


जाली रै'छौ मान्छे तिमी,चोखो हुन्छ माँया भन्थ्यौ
खोटो रै'छ तिम्रो माँया,चेब्रे बोली गर्दै थियौ |३|


जान्ने लाई पो श्रीखण्ड,खुर्पाको बिड तिम्रो लागी
लाजै मर्नु यौबनको,रङ घोली छर्दै थियौ |४|


जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: