Pages

Friday, May 20, 2011

गजल

जवानीको मात चड्यो,पोख्न पाए हुने थियो
बेहोसीको बात बड्यो ,रोक्न पाए हुने थियो |१|

तनको ज्वाला दन्किसक्यो,अंग अंग चुमी दिदा
अंगालोमा च्याप्प कसी बोक्न पाए हुने थियो |२|

काने खुशी नगर'भो,लाग्न थाल्यो काँउकुती
छिल्लिएर हल्का ओठ टोकन पाए हुने थियो |३|

तिमी पनि ढल्न लाग्यौ,आफै पनि बल्न लागें
कस्को जोश धेरै रै'छ जोख्न पाए हुने थियो |४|
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥



जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: