Pages

Friday, May 20, 2011

गजल


आगमन नयाँ बर्षको अतितलाई भुलिदिए हुन्न
अभिनन्दन अर्पण गर्न गुँरास बनी फुलीदिए हुन्न |१|
**********************************
खुशीयाली बटुलेर पोल्टोभित्र पोको पारी राखौ  
मुस्कुराइ खुशी छर्दै गाँउगल्ली डुलिदिए हुन्न |२|
**********************************
जोशजाँगर उर्लीरहोस् प्रगतीको दैलो तिर तिम्रो
बन्द भ'का  भाग्यरेखा द्वारजस्तै खुलीदिए हुन्न |३|
***********************************
कती पाल्छौ रिस डाहा अहङ्कार तिम्रो मन भित्र
रिस राग फाली देउ सोच्छ मनले घुलीदिए हुन्न |४|
*************************************  
शुभ कामना शुभ कामना शुभ कामना शुभ कामना
शुभ कामना शुभ कामना शुभ कामना शुभ कामना
नयाँ बर्षको शुभ कामना
जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: