Pages

Friday, May 20, 2011

गजल

दु:ख भित्र खुशी चुन्दै नयाँ बर्ष मान्दैछु म
परेलिका आँशु उन्दै यही खुशी ठान्दैछु म |१|


आशाहरु मरे पनि जसो तसो बाँच्नै पर्ने
झुटो आश मनमा बुन्दै जिउदो लाश तान्दैछु म |२|


चुकेकै'छ मौका मेरो हर साल खुशी चुम्ने
आफ्नै आँखा आँफै थुन्दै निसानामा हान्दैछु म |३|


आफ्नो लागि बाँच्ने सबै जिउदा ति लाश हरु
मुर्धा हरुको कुरा सुन्दै आफ्नै कात्रो बान्दैछु म |४|



जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: