Pages

Friday, August 05, 2011

गजल

सम्हालेर राखे आँशु छताछुल्ल पोखिदैछ 
अंधेरोमै चाले पाइला अनायसै ठोकिदैछ ||


सम्हालेर राखी रहे दुखेका ति घाऊ हरु
बेदनाका पोका हरु जतनगरी बोकिदैछ ||



बर्तमानमा बाँच्नु पर्ने मानिसको जिन्दगी यो
इतिहासका पाना हरु ब्यर्थै त्यसै घोकिदैछ||


जहाँ जहाँ पाउ राख्यौ त्यही त्यही मुटु राखे
खुशी दिन खोज्दा मैले मेरै खुशी खोसिदैछ ||


जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: