दु:ख सुख सिक्काको पाटो हो जिन्दगी ।
उकाली र ओह्राली बाटो हो जिन्दगी ।
तेरो मेरो बाँचिञ्जेल हुदैछ लुच्छाचुँडी,
मरे पछि एकचिम्टी माटो हो जिन्दगी ।
हावा चल्दा सुम्सुम्याई छोए जस्तो लाग्यो खास ।
झरी पर्दा अङ्गअङ्ग धोए जस्तो लाग्यो लाज ।
बल घट्यो बैश बित्यो आज भोलि भन्दा कठै,
ऐनाहेरी हाँस्नखोज्दा रोए जस्तो लाग्यो आज ।
आँखाभरि तिम्रै छायाँ उतार्दैछु आजसम्म ।
बाँच्नलाई दशनङ्ग्रा कोतार्दैछु आजसम्म ।
उँभो बग्ला कुनै दिन उँधो बन्ने खोली भनी,
गोरेटामै जिन्दगीलाई लतार्दैछु आजसम्म ।
रचनाकार
बिष्णुनन्द चाम्लिङ
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment