Pages

Thursday, August 11, 2011

गजल

छाती चर्की मुटु पोल्ने एउटै छ बेदना हाम्रो
नटुङिने यात्रा रै'छ छैन कुनै ठेगाना हाम्रो ||


मरे पछी डुमै राजा मान दिन्छौ सलामिको
बाचुन्जेल खुट्टा तान्ने यस्तै रै'छ चेतना हाम्रो ||



गरीबको जिन्दगानी अभाब मै पिल्सी रहने
हात मुख जोर्नै सार्हो यही नै हो यातना हाम्रो ||


जात भात लिङ भेद किन लड्छौ तिमी हामी ?
मिली जुली सगै बसौ यही नै'छ प्रथाना हाम्रो ||












जीतु खड्का(गाउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: