Pages

Monday, August 15, 2011

गजल

लत्याएर अगी बड्ने सामन्तिको चल्ती नै हो
गरीबको सेवा संम्झी ऋण फाल्ने बल्छी नै हो ||



झुपडिमा जन्मे हुर्के झुपडी नै प्यारो लाग्छ
गरीबीमा जन्मिएछु के यो मेरो गल्ती नै हो ?



के को कमी कुबेर लाई पोखिएको तोरी टिप्ने
जती हालौ नभरिने लोभको त्यो खल्ती नै हो ||


मेहनत गरे मोती फल्छ बगाउनु छ पसिना
मोती सरी टल्किने पसिना नि कल्की नै हो ||


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: