लखर लखर घुमी हिन्छे गल्ली गल्ली डुली |१|
ऐना हेरी हेरी काट्छे आँखीभौ को भुत्त्ला
काटी कुटी ३५ के जि हेर्दा ठायाक्कै पुत्ला |२|
मुखमा गाली ओठमा चुरोट हातमा छ बियर
साईनो लाउन बिर्र्सी क्या रे भन्छे हेल्लो डिएर |३|
हगन गौडी भन्दा माथि खोपेकी छे ट्याटो
सबै भन्छन उत्ताउली रैछे मोरी आँफै ठान्छे बाठो |४|
अग्ला अग्ला हिल लाउछे खुट्टा टेक्छे बाङो
फेशन पो भन्छे मोरी आधा हिन्छे नाङो |५|
कहिले यता कहिले उता खित्का छोडि हाँस्छे
बियरले माते पछी डिस्को भन्दै दोबाटोमै नाच्छे |६|
माथ्ला घरे ठुलेको नि उस्तै देख्छु चाला
सुराल बाँध्छ घुँडा निर सुकेका छन गाला |७|
कुम सम्म जुल्फी पाल्छ बाट्ने कहिले होइन
बोके दार्ही चुस्स पाल्छ काट्ने कहिले होइन |८|
धाक भन्दा धम्की ठुलो हिन्दा खुट्टा लुलो
घुर्काउदै आमा बाउ लाई भात्काउछ रे चुल्हो |९|
जस्ले दियो अर्ती बुद्धी उसकै गाला चट्क्यो
राम्री ठिट्टी देख्नै हुन्न प्याट्ट जिब्रो पड्क्यो |१०|
बाउ आमाको आधा मासु छैन बास राती
र्यापे ट्यापे पिलन्धरे यस्ता उस्का साथी |११|
भुँईमा बचन खस्न हुन्न उस्कै कुरा माथि
यस्ता सन्तान हुनु भन्दा अबुताली जाती |१२|
जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment