Pages

Thursday, August 18, 2011

तिज बिशेष

बिष्णु पुलामी


यसपाली तिज मनाउन पर्छ पर्नलाई ..
उठ बुढी जाँउ भो अब सपिंग गर्नलाई ...
अहिलेको तिज त दामी मान्ने हो...

तिम्रो चाँही पार्लरमा कपाल काटौला ...
मेरो कपाल रबरले घरमै बाटौला..
बुढा बुढी संगै बसी हुस्की तान्ने हो ..


शहर बजार घुम्ने हो बिर्सिएर गाउ ..
कसले भन्छ तिमीलाई दुइबच्चाकी माउ ...
म पनि यो साल बाट मुन्द्रा लाउने हो ....

छोटो-छोटो मिनी स्कट तिमीलाई मगाउला
मलाइ त झोले पाइन्ट हि-पप लगाउला ....
यसपालिको तिजको गीत रयापमा गाउने हो ..
जे भओस खल्ली बल्ली झ्यापमा आउने हो .....!!

बिष्णु पुलामी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: