भत्भती यो छाती पोल्छ राप देखिदैन ||
लुकाउछु आफ्ना पिडा मनै गर्हुङो छ
हृदयमा उकुस्मुकुस् चाप देखिदैन ||
कति माँया गर्छु भनी भनौ कसरी म
जति माँया गरे पनि नाप देखिदैन ||
बिछोडको छट्पटिमा कती बाँचु अझै
नजर'नै लाग्यो क्यारे श्राप देखिदैन ||
छट्पटिन्छु एकान्तमा मुटु जलेकै छ
बिरहमा जल्छ मन ताप देखिदैन ||
जीतु खड्का (गाउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment