Pages

Saturday, June 02, 2012

गजल43+1(घोच पेज)

स्यालले सराप्दैमा साँढेको त्यो झर्दैन है 
चम्मरेले सराप्दैमा बुढो गोरु मर्दैन है !!

बोकेको त्यो कुकुरले मृग मार्ने छैन यहाँ 
बाघको त्यो डमरू लाई मासु दिनु पर्दैन है! 



आँगनीमा बैश पोखी क्वाँरक्वाँर गर्छ पोथी 
नपुङ्सक भो भाले मेरो उस्ले केही गर्दैन है!!

खाने मेलो पंडितको विश्वाशमा जजमान 
गौदान गर्दा कोही पनि बैतरणी तर्दैन है!!

खुइलेको तालु तिम्रो हराभरा पार्छु भन्छौ
नगर भो दु:ख तिमी रोपीकन सर्दैन है!!




जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: