Pages

Saturday, June 02, 2012

गजल ४३


संबिधान लेख्ने मसी सुके जस्तो लाग्यो  
कता कता मेरो देश दुखे जस्तो लाग्यो !!

आफ्नै स्वार्थ ठुलो मान्दा हाम्रा नेता ज्यु ले 
कर्तब्यको पथ बाट चुके जस्तो लाग्यो!!

सगरमाथा भन्दा उच्च नेपालीको शिर  
किन किन आज त्यसै झुके जस्तो लाग्यो!!


जातित्वको हावा फुकी कोर्दै हिन्दा सलाई 
बिद्रोहको आगो फेरी फुके जस्तो लाग्यो!!

सुन्दै थिए मधुरो त मंङ्सिर ७ भन्ने
हिजो राती भुस्या कुकुर भुके जस्तो लाग्यो!!

जात जाती लडाएर रोटी सेक्दै बस्दा 
कर्तब्य र बफादारी लुके जस्तो लाग्यो!!

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: