Pages

Sunday, June 17, 2012

गजल ५४

अंध्यारोले छाएको त्यो दिन खराब थ्यो 
अभाबमा खाएको त्यो रिन खराब थ्यो!१! 

गल्ति के थ्यो मेरो त्यहा रोके पंधेरामा 
जात हो कि मलाइ हेर्ने घिन खराब थ्यो !२! 

हुरीमा त थेन दम उडाई लग्यो छानो
मक्किएको छानोको त्यो
टिन खराब थ्यो!३! 



समिपमा हुँदा मैले चालै पाईन क्यारे
लाग्छ सँगै बिताएको छिन-छिन खराब थ्यो!४!

सपेराले बजाउदा किन नाच्थ्यो भैंसी
भैंसी सामु बजाउने
बिन खराब थ्यो !५!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: