Pages

Tuesday, August 07, 2012

गजल ९१


कोरिएका सबै शब्द गजल हुन्न मित्र 
चोरिएका सबै शब्द गजल हुन्न मित्र !!

सर्जकले सृजिएको सृजना बाट झिकी 
फोरिएका सबै शब्द गजल हुन्न मित्र!!

खुट्टा काटी सब्द अर्थ अनर्थ बनाएर 
सोरिएका सबै सब्द गजल हुन्न मित्र!!


नाना भाँती तुथ्छ गालि गलौज थुपारेर 
भोरिएका सबै सब्द गजल हुन्न मित्र!!

यौबनको उन्मात र अस्लिल नयनले 
घोरिएका सबै सब्द गजल हुन्न मित्र 

जीतु खड्का गाउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: