गाँउलेलाइ गजलमा खोजे भेट्छौ
साहित्यको पसलमा खोजे भेट्छौ ||
उधारोमा बाँकी जाँड खादै हुन्छु
साँइलीको होटलमा खोजे भेट्छौ||
गाँउले म लोक्कल मै रमाउछु
खोया बिर्के बोतलमा खोजे भेट्छौ||
छैन मेरो हैसियत तिम्रो जस्तो
हुस्की हैन लोकलमा खोजे भेट्छौ||
लत्याएर जाउ तिमि तिम्रै हु म
मर्ने बेला त्यो पलमा खोजे भेट्छौ||
जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment