Pages

Tuesday, October 02, 2012

गजल १२०


मुसुक्क हाँसी टुसुक्क बस्यौ पियारी ठानौ कि ?
झिम्कायौ आँखा प्रेमको निम्तो सुपारी ठानौ कि ?

जमना कस्तो आएछ बरै सुन्दैमा तर्सिए 
विवाह अघी जन्मायौ नानी कुमारी ठानौ कि ?

अतृप्त प्यास रहेछ तिम्रो मेटेन कसैले 
बनिछौ दासी प्रेमको प्यासी भिखारी ठानौ कि ?


अंधेरी रात छोडेर साथ मस्किदै आयौ नि 
तृर्सना मेट्ने मलाई भेट्ने सवारी ठानौ कि ?

बिग्रेका केटा उ भन्दा जेठा अगाडी पछाडी 
धनको पोको थुपार्ने ठाउँ भकारी ठानौ कि ?

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish