बहकिने बतासको गुण रोएको छ ||
महंगीले गर्दा होला अस्त व्यास्त बजार
दु:ख पोख्दै गरिब भन्छ नुन रोएको छ ||
के बताउ हजुरलाइ के हो अभाब भन्ने
उ पुर्पुरो समाई भन्छ भुटुन रोएको छ ||
बर्खा भरी हलो जोती भोक्कै सुत्नु पर्दा
हलियाको पसिना र खुन रोएको छ ||
गड्याङ्गूड्उङ गर्छ आकाश झरी पर्ने होइन
खडेरीले खाएर पो मनसुन रोएको छ ||
-जीतु खड्का गाउले
मोरंग उलाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish