Pages

Friday, July 12, 2013

गजल (रमाइलो)

खान जान्दैन हसुर्न थाल्यो 
हिन्न जान्दैन दगुर्न थाल्यो||

गल्ती आँफैले गरेको थियो 
रिसले छोरो भकुर्न थाल्यो||

चौतारो माथि पल्याँटी कसी 
बुढीका कुरा कथुर्न थाल्यो||


गजल चोरी पेजमा हाल्दै 
बधाई वाह!बटुर्न थाल्यो||

हातका औंला लामा र छोटा 
मिलाउछु भन्दै मठुर्न थाल्यो ||

एन आर डी को मतला

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish