Pages

Sunday, July 14, 2013

गजल

ओभानो त कँहा थियो आँशु थियो गह भरी 
मुटु दुख्थ्यो रातै भरी पीडा हुन्थ्यो बह भरी ||

आँशु पिई प्यास मेट्न सक्दिन म कसै गरी 
नुनिलो नै बग्छ आँशु परेलीको तह भरी || 

मै चडेको डुंगा डुब्यो बियोगको भुमरीले 
प्रतिक्षामा डुब्दै बसेँ एक्लै परेँ रह भरी ||


पिउँ कि म ओकलौ त्यो मायाँलुले पिलाएको 
अमृत हो भन्दै दिए जहर थ्यो मह भरी || 

हेर्दा हेर्दै डुब्यो डुंगा डुंगा सँगै डुब्यो 'गाँउले' 
हात दिने कोही थे'न आफ्नै थिए दह भरी ||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish