Pages

Thursday, August 22, 2013

गजल

तिता मिठा यादहरू घरीघरी आउछन 
छट्पटिदै कोल्टे फेर्छु रातैभरी आउछन||

कल्पनामा कोरिएका यादहरू निदरीमा 
परेलीको बाटो हुँदै यसैगरी आउछन||

बियोगले मुटु जल्दा रसाउछन आँखाहरू 
छछल्किदै आँशु बनी बर्खेझरी आउछन||

कुरुक्षेत्र हो जिन्दगी डटी लड्नु कर्तब्य भो 
जिन्दगीमा दु:ख सुख बाराबरी आउछन||

यो छातीको देब्रेपाटो चर्किएर दुख्छ जब 
यादहरू बल्झिएर गाँठोपरी आउछन ||

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: