Pages

Monday, August 19, 2013

गजल

यस्तै छ जिन्दगी उधारो उधारै 
कसरी चुकाँउ? बाँकी छ बजारै||

अनर्थ भयो रे मायाँको बस्तीमा 
मिर्मिरे नहुँदै पुग्नु छ सखारै ||

आए थ्यो खहरे उर्लेर आँखैमा 
म डुबें आँशुमा ऊ रहयो किनारै|| 

हुँदैन थ्यो बोल्न ति तुच्छ बचन 
बोल्यो ऊ त्यसरी नगरी बिचारै||

छोप ए चेली हो लुटिन्छ अस्मिता 
देखाइ ति अंग नराख उघारै|| 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish