माफ गर मेरी प्रिया दु:खाएर आँए १|
मुटुमाझ सजाए थे निकालेर आँउदा
चर्किएर दुख्यो छाती समाएर आँए|२|
सक्दिन म थाकी सकेँ पौडीबाजी गर्न
दुई आँखा तलाउ थे सुकाएर आँए|३|
झरेका ति आँशु पुछी अब रुन्न भन्दै
अन्तिम चोटी ई परेली भिजाएर आँए|४|
हाँस्न भनी अब ओठ खोल्दैन यो'गाँउले'
जती थिए खुशीहरु रित्याएर आँए |५|
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल-साउदी अरेबिया
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment