Pages

Monday, October 07, 2013

गजल

गाउँमा छिन मेरी मायाँ खबर सुनाइदेउ
छिट्टै भेट्न आउने मेरो रहर सुनाइदेउ||

पठाको थे पुर्याएन कि संदेश हुलाकीले
सुनाइदेऊ हुरी बतास पथ्थर सुनाइदेउ||

तिम्रो जस्तै बियोग छ हृदय भरी मेरो
जाऊ ढुकुर कुर्ली कुर्ली निडर सुनाइदेउ||



इसारा नै काफी हुन्छ नबोल ए ओठहरू
बुझ्छिन उनी मेरो पीडा अधर सुनाइदेउ||

मिर्मिरेमा देह त्याग्छौ ए चखेवा जाऊ तिमी
एक्लो हुँदा भोगेका ती असर सुनाइदेउ||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: