Pages

Friday, October 18, 2013

गजल


यी आँखामा सपना देखाएर जान्छन
र हातमा बन्दुक थमाएर जान्छन ||

भोट माग्न आँउदा नेताहरु गाँउमा
आफन्तको साईनो टँसाएर जान्छन||

हेलीकेप्टर च्यार्टर गरेर चड्ने हरु
हात्ती छाप चप्पल लगाएर जान्छन||



मुहारमा मुखुन्डो लाउन नबिर्सिनुस
पोक्चे गाला मादल बजाएर जान्छन ||

बिज्ञानको युगमा जतित्वको कुरागर्दै
छिमेकीमा दाजुभाइ लडाएर जान्छन||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: