बोल्दैन उ हिजोआज घरबार उठेपछी
कलमको बिरुध्दमा हतियार उठेपछी||
सुकुम्बासी वस्तीहरु स्मशान नै हुने भए
गरीवी संख्या घटाऊन सरकार उठेपछी||
बुढा बुढी दम्पतिले कहाँ भेट्नु न्याय अब?
बिद्रोह गर्ने धम्की दिदै समझ्दार उठेपछी|
उठ्नुस् फेरी चुनावमा सत्रपल्ट हारेपनी
अवस्य नै जित्नु हुन्छ लगातार उठेपछी||
गाँउलेको खैरो खन्न तमतयार भएको छ
त्यो पापिको हृदय भरी कु-बिचार उठेपछी||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment