जहर यो जिन्दगीको अफिम भएँ म !!
बियोगले अलिकती पिएको थे दिउसै
साँझ पर्दा नपर्दै पो रिमझिम भएँ म !!
गन्तब्य थ्यो पुर्बै दिशा पाइला मोडिएर
लोलाएको सुर्य जस्तै पश्चिम भएँ म !!
के लान्छौ हँ?मुर्धा बोल्यो चिहान उधारेर
मेरो मेरो भन्दा भन्दै चिलिम भएँ म !!
फाले हुन्छ मलाई नि रहर पुर्याएर
बजारको खेलौना झै कृतिम भएँ म !!
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment