भनौ त्यो भाँडो मा पकाको खाना ले लगभग एक गाउँ का मान्छे लाइ पुग्छ !
बिहे-भोज भतेर आदिमा गाउँका मान्छे त्यही भाँडा माग्न आउँछन !
चुनाबमा एमालेको सफलता संगै हाम्रो जंगे मौसुफले गाउलेलाई भोज खुवाउने उदेश्य बोकेर
माइलो काजिकोमा त्यही भाँडो माग्न जानु भयो,
भाँडो माग्दै जंगे मौसुफले माइलो काजि आफ्ना ज्वाँईलाई सोध्नु भो-
'हैन यत्ति ठुलो भाँडो कहाँ बाट ल्याएउ हौ ज्वाँई
माइलो काजि ले जवाफ मा भन्नु भो-
'पारि गाउँ मा एक जना शास्त्री छन, व्यर्थशास्त्र मा ज्ञान प्राप्त शास्त्री,
हो उनि संग एउटा 'मनचिन्ते' ज्ञान छ
(अर्थात् मन ले चिताएको माग्यो भने उनले दिन सक्छन)
हो उनी संग मागेर ल्याको यो भाँडो' !
जंगे मौसुफ चकित र उत्सुक हुदै सोध्नु भो-
'हैन ति शास्त्री ले जे मागे नि दिन्छन त ज्वाँई ?
माइलो काजि ले जवाफ मा भन्नु भो-
हो जेठान हो , व्यर्थ शास्त्रका शास्त्री जि संग जे मागे नि व्यर्थ जादैन, दिन्छन,
तर कान कम्ति सुन्छन,
उनि संग एकदम जोड ले चिच्याएर माग्नु पर्छ ! बिस्तारै बोलेको सुन्दैनन्'
यति सुनेर जंगे मौसुफ शास्त्री को कुटी तर्फ लागे !
शास्त्री लाइ प्रणाम गरी आफु आउनु को कारण बताए !
शास्त्री ले नि उस्न्को स्वागत गर्दै आफुलाई चाहिएको कुरा माग्न भने !
ज्वाँई ले जे मागे नि ब्यर्थ जादैन भनेको याद थियो र
जंगे मौसुफको मन भित्र लालच भरिएको थ्यो !
उनले शास्त्री जि सँग एक बोरा 'सुन' मागे !
शास्त्री ले 'उ त्यो बोरा उठाएर लैजाउ,
यहाँ नखोल, आफै बोकेर लैजाउ !
घर लगेर हेर !
तिमीले चाहेको बस्तु पाउने छौ' भन्दै
जंगे मौसुफ लाइ बिदा दिए !
सकी नसकी बोरा बोकेर गए जंगे मौसुफ ! सुन पाएको खुशी मा,
हतार हतार घर गएर खोलेर हेरे !
बोरा भित्र 'सुन' हैन 'नुन' रैछ !
रिस ले जंगिदै जंगे मौसुफ आफ्न ज्वाँई माइलो काजी भए तिर गए !
माइलो काजी 'गजल' कोर्दै बस्या थिए ! जंगे मौसुफ जंगीए-
'हैन तिमि ले मलाई किन झुक्याको ज्वाँई ? त्यस्ता मुला शास्त्री !
केही जाँन्दैन रहेछ
मैले 'सुन' मागेको, 'नुन' दिएर पठायो' !
माइलो काजी ले सम्झाउदै भने-
मैले पैला नै भन्या थ्यो,नी जेठान तिमीलाई
शास्त्री जी कान राम्रो संग सुन्दैनन् ! कान उच्चा सुन्छन अलि चिच्याएर माग्नु पर्छ !
तिमि ले सुन भनेको नुन सुने होला ! अलि चिच्याएर माग्नु पर्थ्यो नि..' !
अनी पो दिन्थे त
जंगे मौसुफ झनै जंगीए-
'मैले जोड ले चिच्याउदै 'सुन' नै माग्या थ्यो .....'
माइलो काजि ले सम्झाउदै भने-
'हेर जेठान , शास्त्री कान कम्ति सुन्छन, धेरै पटक यस्तो भाको छ !
म आफै ठगीएं .. तिमि लाइ के लाग्छ ?
मैले आफ्नो लागि त्यो जाबो 'भाँडो' नै माग्या थिएँ होला र ??
माग्न त ठुलो अरु थोक नै मागेको थिए नि कान नसुनेर ठुलो भाँडो पर्यो
त्यही पनि ल्याए सदुपयोग गर्दै छु
तिमीलाई नि त्यस्तै भो अब एक साल सम्म नुन किन्नु पर्दैन भनेर चित्त बुझाउ
अन्त्यमा कथाकार भन्नु हुन्छ
गाँउमा भएका उध्यमशिल एकल महिला महिला आफ्नो ब्यावसायमा ठुलो लगानी गर्न
पुँजी सानो भयो भनेर पुँजी ठुलो पार्ने उदेश बोकेर शास्त्री को कुटिमा नपठाइ दिनु
कान कम्ती सुन्ने समस्याले माइलो काजी र जङे मौसुफको झै अरु थोक नै बढाईदिन्छन
कथाकार -ब्यर्थ शास्त्री उर्फ श्रीपेजवाला जि
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment