Pages

Monday, November 11, 2013

गजल

आँखा सँग आँखा हरु जुधाउन नआउ 
आँखै भित्र बस तिमी बिझाउन नआउ||

मुटु भित्र बसेको छ तस्बिर त्यो तिम्रो
झल्काउदै झझल्कोमा टल्काउन नआउ!!

छटपटी मै बित्यो रात कोल्टे फिर्दै मेरो 
एकै झप्को निदाको छु जगाउन नआउ !!


भेट्न आउछौ कोसेलीमा यादहरु बोकी 
यसै गरी सपनीमा सताउन नआउ!! 

वेदनाको ज्वालाभित्र जलेको छ गाँउले 
पिरतिका लप्का बोकी जलाउन नआउ!!

जीतु खड्का गाँउले 
मोरन उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: