तारे माले पुत्ले पुँडे देखेँ मैले शहरमा!!
जनयुध्दको घाऊ अझै भरिएको रैन रैछ
कोही खुँडे कोही डुँडे देखेँ मैले शहरमा !!
शहरका मान्छेहरु परजिवी भएरै होला
तिघ्रा मात्र हात्ती सुँडे देखेँ मैले शहरमा !!
आफुलाई धुरन्धर गजलकार ठान्थ्यौ बाबु
तिम्रै गजल लाँडे लुँडे देखेँ मैले शहरमा!!
सोझा सिधा गाँउलेको कामै छैन शहरमा
मात्र झुट पाक्ने कुँडे देखेँ मैले शहरमा!!
नोट: लाँडे लुँडे भन्ने शब्द अस्लील झै लाग्न सक्छ यथार्थमा ताँई न तुँई बेकामे बकमफुसे लाँडे लुडे भन्ने कुनै महत्व बिनाको भन्ने अर्थमा
प्रयोग गरिन्छ है
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment