मेरो कमाइ हजार र लाख देखेर|१ |
अचम्ममा परेको छु हिजो आज म
क्षेत्री बाहुन सिध्याउने धाक देखेर|२|
उ सामन्ती र शोषक कसरी भयो
जो हर्सित हुन्छ दुई छाक देखेर |३ |
जती खान्छ उती भोको कस्तो भुँडी त्यो
म तर्सिन्छु नेता ज्युको खुराक देखेर|४ |
प्रतीबन्ध लगाइएछ गाँउले लाई
बोल्न पाउने स्वतन्त्रता वाक देखेर|५|
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment