मुहारमा नकाब थ्यो पराकाष्ठ देखिन्थ्यो त्याँ ||
बेहोसिमा गजलकार हुँ सराबीले भन्दै थियो
प्यालाभरी सराब थ्यो पराकाष्ठ देखिन्थ्यो त्याँ ||
अचानोमा मुटु रेट्ने भिरेकै थ्यो चुलेसी त
हत्केलामा गुलाब थ्यो पराकाष्ठ देखिन्थ्यो त्याँ ||
सत्य सधैं तितो हुन्छ पचेन कि यथार्त त्यो
बिचरा उ तनाब थ्यो पराकाष्ठ देखिन्थ्यो त्याँ ||
आचरणमा झल्केकै थ्यो तुच्छ आफ्नो परिचय
महान बन्ने स्वाभाब थ्यो पराकाष्ठ देखिन्थ्यो त्याँ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment