Pages

Tuesday, December 03, 2013

मुक्तक

मुक्तक १
यो भाग्यमा दु:खै रैछ कसरी म मेटु साथी 
घरीघरी दुख्छ मुटु सेकु की म रेटु साथी ??
अँध्यारोमा जन्मिएर दियो मुनी हुर्किएँ म 
आफ्नै छाँया पराइ भो आफन्त को भेटु साथी!!

मुक्तक २
गौथली भए नी गुन्ठुरी भए नी
चल्छ हौ जिन्दगी च्याँखुरी भए नी!!
श्रीमती छोडेर जाँदैन गाँउले 
क्याट्रिना भए नी माधुरी भए नी!!

मुक्तक ३ 
साँप्रा देखाएर अनी पिडौला देखाएर 
मुर्छा पर्दै हास्छे मोरी घिरौला देखाएर !!
ऊ उन्मात जवानीले भरीपूर्ण भएर होला 

इसाराले बोलाउछे चोरऔला देखाएर |

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: