पीडा भित्र थोरै खुशी च्यापेर म बाँचेको छु
कुनै दिन हाँस्छु भन्दै संगालेर राखेको छु!१!
नहेर भो ज्योतिषी बा छैन भाग्य हत्केलामा
ठेला उठाइ हत्केलाका रेखा सारा मेटेको छु!२!
महंगीको मार झेल्दै त्यसै थला परी सके
हिड्न कहाँ सक्छु र म लर्खरिदै उठेको छु !३!...
सक्दिन म बिसाउन जिन्दगीका भारी हरु
शिर देखी पाउ सम्म निथ्रुक्क भै भिजेको छु!४!
के पढाउछौ जिन्दगीको परीभाषा गाँउले लाई
आधा उदी जिन्दगी त भोगेरै पो बुझेको छु!५!
जीतु खड्का गाउले
मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment