Pages

Wednesday, December 11, 2013

गजल

आधुनिकता पस्किएर ति कुमारी आएपछी 
चिरहरण अझै बढ्यो ब्रम्हचारी आए पछी !!

घोप्टे जुँगा भएकाले धाँदलिको आरोप लाए 
प्रतीद्वन्दी गणनामा हाराहारी आए पछी !!

पक्कै पनी सदनमा उथलपुथल मच्चिने छ 
वनबासी आएपछी धन्दुकारी आएपछी!!

नर-नारी बराबरी तब मात्र मान्छौ हामी 
उन्को पनी गालाभरी जुँगादारी आएपछी!!

अझैपनी समाजले पचाएको छैन यहाँ 
चर्चा हुन्छ छोटोजामा माथीसारी आएपछी!!

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

नोट मैले सिकारु गजलकारले नियम बुझुन भनेर काफियामा प्रयोग भएका मुल शब्दलाई रातो रङ दिएर मुख्य काफिया मुनी _ अन्डरलाइन गरेको हुँ र कालो रङले रदिफ लाई पोती दिएको हुँ 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: