Pages

Wednesday, December 11, 2013

गजल

अभाबमा जिन्दगी बिताएको धेरै भो 
सम्झौतामा गुजारा लाएको धेरै भो!!

झस्किएर उठ्छु म लालाबाला सम्झेर 
निदाउन सक्दिन काएको धेरै भो !!

मेरै बाटो हेरेर रुदै भन्छिन पियारी 
दोबाटोमा यी नजर बिछ्याएको धेरै भो !!

घर फिर्ने आशामा बर्षौ देखी प्रदेसी
आँशु बोकी आँखामा
माएको धेरै भो!!

उज्यालोमा गाँउले हाँसे जस्तो गरेर
अँध्यारोमा परेली
भिजाएको धेरै भो!!

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: