Pages

Wednesday, December 11, 2013

गजल

धरापमा छ अस्थित्व चाउन चाहान्छु म 
म भित्रको मलाइ पनी गाउन चाहान्छु म !!

अंकमाल गर्न आउ हतियार त्यही बिसाएर 
बिद्रोहमा थोरै शान्ती मिसाउन चाहन्छु म!!

अशान्तिको तिम्रो संसार देखाउन नखोज भो 
बोरु आँखा चिम्लिएर निदाउन चाहान्छु म!!

अधर्मी यो दुनियाँमा सम्झन्छु ति बुध्द वाणी 
मोक्ष प्राप्ती हुन्छ कि त छ्याउन चाहन्छु म!!

जातित्वको आगो भित्र पिल्सिएका दाजुभाइ 
एकताको माला उन्दै मिलाउन चाहन्छु म!!

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: