Pages

Wednesday, December 11, 2013

रमाइलो

म जन्मिने साथ मेरा बुवाले भन्नु भयो 
हे भगवान तँलाइ धेरै धेरै धन्यवाद 
पुत्रलाभ भएकोमा 
त्यहा बाट सुरु भएको धन्यवादको सिलसिला मेरा अझै चलीरहेको छ 
बलढ्याङ्रेकी छोरी चम्पुत्लीलाई खुब मनपराउथे 
६ कक्षामा ७० केजी जती वोजन भएकी चम्पुत्ली आफ्नो कपालको चुल्ठोमा 
स्टारलाइन डटप्यान घुसारेर हिन्थी बोकोस पनि कहाँ केटीको सटमा गोजी नै नहुने 
हुट्टीट्याउ मेरो साथी खुब बदमास थ्यो कती बेला थाहा नै नपाई उस्को डटप्यान 
झिक्थ्यो कलासमा मास्टरले लेख्न लाउथे बिचरी चम्पुत्ली आफ्नो डटप्यान हराएर 
टुलु टुलु मै तिर हेर्थी अनी आफुले सटको टाँक बाध्नेघरमा धागोले बाँधेको डटप्यान
धागो चुटाएर फाली दिन्न्थे उ लेख्थी अनी बुझाउथी म डटप्यान हराएको बाहाना गरेर 
मास्टर लाई झुक्याउन खोज्थे मास्टर कहाँ मान्थे र इटा ओच्याएको भुइमा कलास नसकीउन्जेल 
मलाई घुँडा टेकाएर हात टेकाएर राख्थे 

आफ्नो घुडा पिल्सिएर घाऊ हुन्थ्यो चम्पुत्ली साँझमा डटप्यान दिदै भन्थी धन्यवाद 
यो सिलसिला पँधेरा देखी दाउरा घाँस धानकुटाउन मिलमा जाँदा सम्म चलीरहन्थ्यो 
अझै पनि चली रहेछ यता बाट नि धन्यवाद आँउछ उता बाट नि धन्यवाद आउछ 
आफ्नै नजरमा खुङ्खार साहित्यकार गजलकार गजल लेखेर पोस्ट गर्छ अनी 
बकुल्लाले माछा रुँगे झै कमेन्ट रुङेर बसेको हुन्छ 
झुक्किएर लाइक गरे नि धन्यवाद को झटारो पुर्पुरोमा लाग्ने गरी हान्छ
चार बेत हानेर उचाले भएकी पुकुली पनि लाली पाउडर दलेर 
बुडेसकालमा छोटो कट्टु लाएर आँखामा कालो चेस्मा लाएर दुई टा औंला उठाएर
पार्कमा मुस्सुक्क हाँस्दै फुटा खिचेर फेसबुकमा राख्छिन म नि 
छिल्लिएर बोको कराए झै ईंग्लिशमा वाउ ..... wow.
भन्छु 
पुकुलीले आन्टीले नि धन्यवाद जीतु दाई भन्छिन 
फलानाले गजल पोस्ट गर्छन् 
यहाँ निर लय मिलेन है भन्छु आधुनिक साहित्यकार भए जान्न खोज्ने होइन पाखुरा सुर्किन्छन 
मात्र साहित्यकार भए वा गल्ती नै भएको हो कहाँ के भयो गाँउले बुझाई दिनुस् न भन्छन 
यहाँ यस्तो भएन है मेरो नजरमा भन्यो 
धन्यवाद भन्छन मलाई 
हाउ यो धन्यवाद सम्हाल्दा सम्हाल्दै म बुढो कन्ने बस्ने भएँ जस्तो लाग्छ आजकाल त 
यो धन्यवाद को जय होस्
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: