Pages

Sunday, December 29, 2013

गजल

कालले झै कुत्कुत्याउछ कु-मतीले संधै 
दुर्भाग्य नै निम्त्याउछ दुर्गतीले संधै||

जस्को भलो चिताउछु कुभलो नै ठान्छ 
यस्तै खेल खेलीरहन्छ नियतीले संधै!! 

अर्ती दिए बिष ठान्छ नदिएकै जाती 
खिस्स दाँत देखाउछन् बेइजतीले संधै!!

दु:ख भित्र सुख हुन्छ केलाएर हेर्दा 
श्मसान पुर्याइ छाड्छ सम्पतीले संधै!!

आज फेरी बजार बन्द के खानु खै मैले 
दु:ख दिन्छन् गाउँलेलाई असतीले संधै!!


जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल- श्रमबजार 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: