Pages

Wednesday, January 15, 2014

गजल

नरोएको भए तिमी रुँदिन थे होला म नि 
आँखाबाट आँशुबनी चुँदिन थे होला म नि !!

तिम्रै लागी बाँचेको छु तिमी छौ र म छु प्रिये 
यदी तिमी नभाको भा हुँदिन थे होला म नि!!

दुख्ने थेन होला मुटु तिम्रो याद नआए त 
यो छातीको देब्रे पाटो छुँदिन थे होला म नि!! 

याद हरु घाऊ बनी नबल्झे त कलेजिमा 
बगाएर अश्रुधारा धुँदिन थे होला म नी!!

रिती रिवाज संकार छ गाउँलेको गाँउ भित्र 
संस्कार नै नभाको भा नुँदिन थे होला म नि!!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: