Pages

Saturday, March 28, 2015

गजल

टालेर लाए थें फाटेको थ्यो दौरा 
पिटेर हिडेछौ शहरमा ढिन्डौरा !!

गरिबी हुनुको निसानी लौ हेर्नुस् 
हातका ई ठेला निधारका फुलौरा!!

यो लुतो अभावको यसरी चर्किन्छ 
जसरी चर्किन्छ शरिरका घमौरा !!

अभावमै पिल्सेर बित्ने भो जिन्दगी 
सम्हाल्दै दु:खका पोका र पत्यौरा!!

बिग्रिए तिमी नै बिग्रिन्छन् भाइ बैनी 
ए चेली नहिड अंगाल्दै नठौरा !!

अचम्मै हजुरको कमाउने तरिका 
समाज सेवाको थापेर कटौरा !!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल -साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: