Pages

Saturday, March 28, 2015

गजल

खिस्स हाँस्छु मेरो आफ्नै तक्दिर देखेर
जिन्दगीको यात्रा भरी भिर देखेर !!

मृत्युले नी छोडेर गो आज मलाइ
दु:खमा नी जीवन जिउन माहिर देखेर!!

मलाइ हेर्दै दुनिया हाँस्दा ऊनी रोइन 
मेरो झुटो मुस्कान भित्र पिर देखेर!!

यो छातीले हजार बज्र सहेर होला 
लाग्दैन डर मुटु घोच्ने तीर देखेर!!

अझै थप सहन्छ त्यो पीडाको भारी 
गज्जब लाग्छ मलाइ यो शरीर देखेर!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: