Pages

Tuesday, March 03, 2015

गजल

हुनेलाई पो जिन्दगी मोज भएको छ 
नहुनेलाई त्यै जिन्दगी बोझ भएको छ!!

तिम्रो घरमा आज मात्र चुल्हो नबलेको 
जाबो यस्तो मेरो घरमा रोज भएको छ!!

पराया कि आफ्नो ठानौ? उनीलाई मैले 
यता शोखमा डुब्दा उता भोज भएको छ!!

कहाँबाट सुरु भै कहाँ अन्त्य हुन्छ पीडा
यस्को निम्ति मेरै जीवन खोज भएको छ !!

जस्ले हिजो ज्यानै लियो हत्यारा हो त्यो त 
आज जीवन रक्षागर्न लालध्वज भएको छ !!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: