Pages

Tuesday, March 03, 2015

गजल

हुँदैन शान्ती गरेर क्रान्ति सुन ए... मुर्ख हो 
छोएर माटो बुध्दको बाटो चुन ए.... मुर्ख हो!१!

कुल्चेर छाती रेटेर घाँटी बगाइ रगत 
नखेल होली हिजो झै भोली पुन:ए.... मुर्ख हो !२!


फुटाई चुरा लुछेर पोते पखाल्दै सिन्दुर 
नपरोस् फेरी नेपाली चेली रुन ए.... मुर्ख हो!३!

मारेर भाई के ल्यायौ दाई? देशमा तिमीले 
के ल्यायौ त्यस्तो भन'न छिटो लु'न ए.... मुर्ख हो!४!

पसिना पोखे फल्दछ सुन यै भिर पाखामा 
गफैले मात्र झर्दैन तारा जून ए.... मुर्ख हो!५!


जीतु खड्का 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: