Pages

Tuesday, March 03, 2015

गजल

न'त बाढी न'त पैरो मलाइ के को डर छ 
पहाडको छोरो म त पखेरामा घर छ !!

पाखुरीको पौरख पोख्छु उब्जाएर खान्छु 
खुट्टा तान्ने तान्दै गर्छ आरीसे चै मर्छ!!

जन्ती लिई आउछु माने नमाने त सानु 
पाखुरीमा तानी लान्छु जे-जे पर्छ पर्छ !!


खाली हात आएका हौ खाली हातै जाने 
बुचे बाछा जितेर नी चल्छ घर खर्च !!

चाइदैन तिम्रो तन्त्र यसै ठिक छु म त 
मेरो दु:ख मै संग छ कस्ले के पो गर्छ!!
जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: