Pages

Tuesday, March 03, 2015

गजल

जब तिम्रा जन्तीहरु मेरा मलामी हुनेछन
रंग फेर्ने छेपाराहरु बदनामी हुनेछन!१!

मान्छे मार्न सजिलो छ प्रगती गरेर हेर्नुस् 
तपाईंको प्रगतीमा छिमेकी बिरामी हुनेछन!२!

समयको सामुन्नेमा नगर्नु फुर्ती सम्पत्तिको
उस्ले चाहे आजका साहु भोली आसामी हुनेछन!३!

आरे डाकु रत्नकार त वाल्मिकी बन्छ भने 
अर्ती उपदेश पाए कसाइ पनि प्रणामी हुनेछन!४!

यो भाग्यको परिक्षा हो किन हतास् हुन्छ्स् तँ
अझै कठिन दिनहरुको तय आगामी हुनेछन!५!
जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: