Pages

Saturday, March 28, 2015

गजल

आफ्नै मात्र अधिपती खोइ कसरी होला?
स्वार्थ बोकी सहमती खोइ कसरी होला??

यो देशलाइ सिंगापुर बनाउछु त भन्छौ 
खाडीमा छन् युवाजती खोइ कसरी होला??

जब देखी बाँदरहरु यो शहरमा  छिरे 
शान्ती छैन अलिकती खोइ कसरी होला??

कि देशको चिन्ताले हो कि छाती जलेर हो 
मुटु पोल्छ भतभती खोइ कसरी होला??

बन्द हुन्थ्यो बलात्कार आखाँ खोले तैले 
सरकार तै छस अगती खोइ कसरी होला!!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: