Pages

Saturday, May 23, 2015

गजल

भत्के जती सबै बन्छ पत्याउनुस नपत्याउनुस
पागल नेता यसै भन्छ पत्याउनुस नपत्याउनुस!!

राहात हैन भाषण दिन्छ सरकारले पीडितलाइ 
चलेको यै चलन छ पत्याउनुस नपत्याउनुस !!

जस्ले हिजो लुटेको थ्यो उस्ले आज बाड्यो राहात 
पक्कै त्यहाँ कालो धन छ पत्याउनुस नपत्याउनुस!!


सरकार भन्छ केही छैन पीडितलाइ बाढ्ने राहत 
गोदाममा टनका टन छ पत्याउनुस नपत्याउनुस !!

एउटा दुख्दा अर्को रुन्छ के को पहाड के को मधेश 
जात हैन आफ्नो पन छ पत्याउनुस नपत्याउनुस !!
जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: