Pages

Friday, August 14, 2015

गजल

खेस्रा मस्यौदा प्रदसन गरियो 
सुझाब आए संकलन गरियो!!

जनताको आखाँमा छारो हालेर 
एउटा नाटक मञ्चन गरियो!!

बैरो सरकार निधाएरै बस्यो 
कृतन गरियो भजन गरियो!!

अस्मिता देशको लिलाम गराई 
स्तन सम्झेर मर्दन गरियो!!

रोटी र बेटीको सम्बन्ध देखाइ 
धोतीमा टोपीनै समर्पण गरियो!!

जितु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: